कता फर्केर लगाउने दशैंको टिका
काठमाडौं– आज विजया दशमीको टिका लगाउने दिन। टिकाको उत्तम साइत ११ः३६ मा छ। तर ९ बजेसम्म देवीको मूर्ती र पूजा विसर्जन गरेपछि टिका लगाउँदा हुन्छ।
टिका लगाउने मानिसले पूर्व फर्किने र लगाइदिनेले पश्चिमतिर बस्दा उत्तम हुने बताइएको छ। दशैंको टिका लगाएर आफन्तको आशिर्वाद लिने क्रम सुरु भइसकेको छ।
प्रकाशित मिति: शनिबार, असोज २६, २०८१ ०९:२६
प्रतिक्रिया दिनुहोस्