Nic Ad Nic Ad
Nic Ad Nic Ad

भाटभटेनी मालिक मिनबहादुरले दिएको १० रोपनीबढि जग्गामा एमाले केन्द्रीय कार्यालयको शिलान्यास

शनिबार, असोज २६, २०८१

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कार्यालयको भवन किर्तिपुरमा बन्ने भएको छ। 

शुक्रबार भवन निर्माणका निम्ति एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जग्गामा पूजाआजा गरेका छन्। भवन शिलान्यास गर्दै ओलीले मदननगर बल्खुको कार्यालय भूकम्पले भत्काएको तथा तुलसीलाल स्मृति भवन पनि बाढीको प्रभावमा परेको बताएका थिए। 

एमालेले भूकम्प प्रतिरोधी मुख्य कार्यालय बनाउने कार्ययोजना तर्जुमा गरेको छ। तर, भवनको लागतको मूल्य तय भइसकेको छैन। 

भटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने एमालेका महासचिव शंकर पोखरेलले बताए। उनले भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेको जनाए।
 

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  ०९:३७
प्रतिक्रिया दिनुहोस्