Nic Ad Nic Ad
Nic Ad Nic Ad

तेह्र लाख मानिस उपत्यकाबाट बाहिरिए

शनिबार, असोज २६, २०८१

एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार उक्त संख्या आजसम्मको हो। अठार लाख मानिस दसैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएकाे महासंघका अध्यक्ष विजय स्वारले राससलाई जानकारी दिए।  

‘हामीले यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ,’ उनले भने, ‘तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन्।’ अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौंबाट बाहिरिएका थिए। 
 

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्