Nic Ad Nic Ad
Nic Ad Nic Ad

किसानलाई दुग्ध विकास संस्थानले अझै ३२ करोड तिर्न बाँकी

आइतबार, असोज २७, २०८१

काठमाडौं - दुध विकास संस्थानले किसानलाई दुधको भुक्तानी समयमा तिर्न सकेको छैन। करिब एक वर्षदेखिको दुधको भुक्तानी जम्मा भएपछि संस्थानलाई हम्मेहम्मे परेको हो।  

दसैं अघि सरकारसगँ ऋण लिएर संस्थाले ६० करोड रुपैयाँ भुक्तानी गरेको थियो। गत असार मसान्तसम्म एक अर्ब ५४ करोड रुपैयाँ रुपैयाँ दुधको भुक्तानी तिर्न बाँकी थियो। दुध र दुग्ध जन्य पर्दाथको बिक्री कम र भुक्तानी धेरै भएपछि संस्थानले कृषि मन्त्रालयसगँ ऋणको लागि प्रस्ताव गरेको थियो। 

कृषि तथा पशुपन्छि विकास मन्त्रालयले गत असोज ११ गते उक्त ऋण संस्थानलाई निकासा गरेपछि दसैं अघि देशभरका किसानलाई मिलाएर वितरण गरेको छ।

सरकारी कम्पनीमा देशभर दैनिक एक लाख लिटर भन्दा बढी संकलन भएर बिक्री हुँदै आएपछि पछिल्लो समय कम्पनीको व्यवस्थापन उचित नहुँदा किसानले उत्पादन गरेको दुधको पैसा समयमा भुक्तानी गर्न नसकेको हो।

गत वर्ष पनि आर्थिक मन्दिको कारण सिजनमै दुधको खपत कम भएपछि संस्थानमा बटर र पाउडर दुधको स्टक धेरै भयो। करिब २ अर्ब भन्दा बढीको  बटर र धुलो पाउडर दुध, कच्चा दुधले पुग्ने भएपछि स्टक रहेको बटर र धुलो पाउडर खपत कम भयो। जसले गर्दा किसानलाई भुक्तानी नदिएको संस्थानले जनाएको थियो।

यतिबेला स्टक रहेको पाउडर दुध बिक्री हुन थालेपछि किसानको भुक्तानी गर्दै गइरहेको दुग्ध विकास संस्थानका महाप्रबन्धक सुर्यप्रसाद बरालले बताए।

‘ठुलो रकम बाँकी हुनाले एकैपटक भुक्तानी हुन नसकेको हो,’ उनले भने, ‘वैशाखम्मको भुक्तानी तिर्न सरकारसगँ ऋण लिएर ६० करोड रुपैयाँ भुक्तानी गरेका छौं। यो सहित संस्थानले नियमित भुक्तानी गर्दै आएको छ। अब वैशाखदेखि यताको भुक्तानी बाँकी छ।’उनले हाल संस्थानले दुध र दुग्ध जन्य बस्तु  दैनिक ७० लाख देखि ८० रुपैयाँ बिक्री भइरहेको बताए।

‘उक्त रकम केहि दिन संकलन गरि आयोजनामा पठाउने छौं। अबको केही दिनमा पनि २ करोड रुपैयाँ भुक्तानी हुन्छ।तिहारसम्म सबै तिरिसक्छौ भन्न त सकिँदैन,’ उनले भने।

जतिसक्दो चाँडो किसानलाई दुधको भुक्तानी गर्ने तयारी रहेको महाप्रबन्धक पौडेलको दाबी छ।

हाल संस्थानमा करिब ५०० टन धुलो पाउडर र ७ सय टन बटर स्टक रहेको छ। यसलाई व्यवस्थापन गर्नका लागि पुर्वाधार र मार्केटिङलाई जोड दिने योजना बनाइरहेको संस्थानले जानकारी दिएको छ।

संस्थानसँगै निजी क्षेत्रले पनि किसानलाई दुधको भुक्तानी दिन बाँकी छ। निजी क्षेत्रबाट करिब एक अर्ब भन्दा बढी रकम भुक्तानी बाँकी रहेको पाइएको छ।

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्