Nic Ad Nic Ad
Nic Ad Nic Ad

वुमेन्स साफ च्याम्पियनसिप २०२४ मा सहभागी हुन काठमाडौँ आइपुग्यो पाकिस्तान

आइतबार, असोज २७, २०८१

काठमाडौँ- वुमेन्स साफ च्याम्पियनसिप २०२४ मा सहभागी हुन काठमाडौँ आइपुग्ने पाकिस्तान पहिलो टिम भएको छ । पाकिस्तान आइतबार मध्य रात नेपाल आइपुगेको हो । पाकिस्तानी स्पोर्टस बोर्डले अन्तिम समयमा स्वीकृति दिएपछि टिमको नेपाल आउने बाटो खुलेको हो । 

बोर्डले स्विकृत दिन आनाकानी गरेपछि पाकिस्तानको सहभागिता अन्यौलता परेको थियो । पाकिस्तान प्रतियोगिताको समूह ‘ए’ रहेको छ र उसका प्रतिद्वन्द्वी भारत र बंगलादेश रहेका छन् ।बिहीबार हुने उद्घाटन खेलमा पाकिस्तानले पाँच पल्टको च्याम्पियन भारतको सामना गर्नेछ । समूह ‘बी’ आयोजक नेपालसँगै श्रीलंका, मालदिभ्स र भुटान छन् । त्यसमध्ये मालदिभ्स सोमबार काठमाडौँ आइपुग्नेछ ।

डिफेन्डिङ च्याम्पियन बंगलादेशसँगै भारत र श्रीलंका मंगलबार आइपुग्नेछन् भने भुटान बुधबार मात्रै आइपुग्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १२:४०
प्रतिक्रिया दिनुहोस्