Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढीबाट सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति

आइतबार, असोज २७, २०८१

राजविराज – हालैको बाढीबाट मुलुकको सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति भएको छ । नहरका विभिन्न भागका बाँध भत्केका छन् । 

 चन्द्रनहर सिँचाइ प्रणाली जल उपभोक्ता समितिका अध्यक्ष बद्रीनारायण यादवका अनुसार तिरहुत गाउँपालिका–४ स्थित डिवनको दुई ठाउँमा नहरको बाँधलाई भत्काउँदा क्षति भएको छ । 

हुलाकी सडकअन्तर्गत पर्ने महादेवा गाउँपालिकास्थित चिम्टीमा पनि नहरको केही भाग भत्केको छ ।  क्षतिका कारण नहर पूर्णरुपमा बन्द छ । बाढीबाट ५० लाखभन्दा बढीको क्षति भएको उनले जानकारी दिए। 

लामो समयदेखि लथालिङ्ग रहेको चन्द्रनहरलाई  कोशी पम्प चन्द्रनहर डिभिजन कार्यालयले विगत दुई वर्षदेखि पुनःनिर्माण गर्दै थियो । नहर बन्द भएपछि यहाँका किसान चिन्तित भएका छन् । नहर मर्मतसम्हार प्रारम्भ गर्न स्रोत–साधन जुटिनसकेको अध्यक्ष यादवले बताए। 

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्