Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानका पूर्व कप्तान आजमलाई टेस्ट टिम बाहिर राख्न सिफारिस

आइतबार, असोज २७, २०८१

काठमाडौं-  पाकिस्तानका पूर्व कप्तान बाबर आजमको लगातारको खराब प्रदर्शनपछि इङ्ग्ल्याण्डविरुद्धको दोस्रो टेस्टमा उनलाई टिम बाहिर राख्ने तयारी गरिएको छ।

क्रिकइन्फोका अनुसार नयाँ छनौट समितिले आजमलाई टिम बाहिर राख्न सिफारिस गरेको छ । पाकिस्तान क्रिकेट बोर्डले हालै आलीम डार, आकिब जावेद र अजहर अलीलाई छनौट समितिको सदस्यमा नियुक्त गरेको थियो । 

यस अघि पाकिस्तानको छनौट समितिमा असद शफिक र एनालिष्ट हसन चीमा रहेका थिए । साथै कप्तान र प्रशिक्षक पनि छनौट समितिमा हुने गर्दछन् ।

बाबरले कप्तान पुन: नियुक्त भएको ६ महिनापछि नै इङ्ग्ल्यान्डविरुद्धको टेस्ट शुरु हुनु अघि कप्तानी छोडेका थिए । बाबरले २०२२ को डिसेम्बर यता टेस्ट क्रिकेटमा अर्धशतक बनाउन सकेका छैनन् ।

इङ्ग्ल्यान्डविरुद्धको पहिलो टेस्ट हारेको पाकिस्तानले दोस्रो टेस्ट अक्टोबर १५ देखि मुल्तानमा खेल्दै छ ।

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १३:५९
प्रतिक्रिया दिनुहोस्