Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँमा बढ्न थाल्यो चहलपहल

आइतबार, असोज २७, २०८१

काठमाडौँ- बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन काठमाडौँ उपत्यकामा चहलपहल बढ्न थालेको छ ।

उपत्यकाका विभिन्न स्थानमा टीका थाप्न जाने सर्वसाधारणको चहलपहल देखिएको हो । मान्यजनको हातबाट टीका ग्रहण गर्न जानेहरूको पनि चोक चोकमा चहलपहल देखिन्छ ।दसैँमा सुनसानजस्तै देखिने सडकहरूमा सवारी साधनको संख्या बाक्लिएको छ । उपत्यकाका सडकमा आइतबार विशेष गरी निजी चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधन धेरै चलेको ट्राफिक प्रहरीले जनाएको छ । सार्वजनिक सवारी साधन भने न्यून देखिएको छ । जसले सार्वजनिक सवारी प्रयोग गरी आवतजावत गर्ने सर्वसाधारणलाई भने समस्या भएको छ ।

दसैँको मुखमा आएको बाढी पहिरो र डुबानका कारण विगतको तुलनामा यस पटक काठमाडौँ छाड्नेको संख्या थोरै थियो । यद्यपि फूलपातीदेखि सडकमा सवारी चाप घटेको थियो । दशैँ मनाउन गएकाहरू पनि उपत्यका भित्रिन थालेका छन् ।

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्