लमजुङमा जिप दुर्घटना हुँदा १९ जना घाइते
लमजुङ- लमजुङको बेँसीसहर नगरपालिका- ६, मकैडाँडामा जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। बेँसीसहर नगरपालिका- ६, मकैडाँडाबाट बेँसीसहरतर्फ आउँदै गरेको ग १ ज ८५५१ नम्बरको जिप आइतबार बिहान दुर्घटना भएको हो। घाइतेमध्ये तीनजनालाई चितवन रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका यात्रुको बेँसीसहरस्थित लमजुङ अस्पतालमा उपचार भइरहेको लमजुङका प्रहरी प्रमुख डिएसपी निशान्त श्रीवास्तवले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको श्रीवास्तवले बताए।
सडक घुम्ती भएकाले भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: आइतबार, असोज २७, २०८१ १५:०१
प्रतिक्रिया दिनुहोस्