Nic Ad Nic Ad
Nic Ad Nic Ad

बङ्गलादेशमा डेङ्गु सङ्क्रमण उच्च, मृत्यु हुनेको सङ्ख्या २१० पुग्यो

आइतबार, असोज २७, २०८१

ढाका– बङ्गलादेशमा डेङ्गु सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । जुन यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो । जनवरीदेखि  हाल सम्म डेङ्गु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २१० पुगेको जनाइएको छ  ।

सेप्टेम्बरमा ८० जनाको मृत्यु भएको तथा चालु महिनामा हालसम्म ४७ जनाको मृत्यु भइसकेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले जनाएको छ ।

 डीजीएचएसका अनुसार गत २४ घण्टामा डेङ्गुको ९१५ वटा नयाँ सङ्क्रमण पुष्टि भएको  छ भने यस महिनाको कुल सङ्क्रमण सङ्ख्या दश हजार ८७२ पुगेको छ ।

यस वर्ष अहिलेसम्म ४१ हजार ८१०  डेङ्गुका घटना दर्ता गरेको डीजीएचएसले जनाएको छ भने  थप फैलावट रोक्न, बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टे नियन्त्रण अपरेसनहरू सञ्चालन गर्ने जनाएका छन् । 

बङ्गलादेशमा सन् २०२३ मा डेङ्गु सङ्क्रमणबाट एक हजार ७०५ जनाको मृत्यु भएको थियो, जुन अहिलेसम्मको सबैभन्दा उच्च वार्षिक मृत्यु सङ्ख्या हो ।

डेङ्गु ज्वरो सङ्क्रमित एडिसजातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । डेङ्गु लागेको बिरामीहरूमा टाउको दुख्ने, उच्च ज्वरो आउने,  मांसपेशी र जोर्नी दुख्ने, बान्ता हुने जस्ता लक्षणहरू देखा पर्छन् ।

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्