Nic Ad Nic Ad
Nic Ad Nic Ad

डडेल्धुरामा किशोरीको हत्या आरोपमा व्यापारी पक्राउ

आइतबार, असोज २७, २०८१

काठमाडौँ- डडेल्धुरामा किशोरीको हत्या आरोपमा पक्राउ परेका व्यापारीलाई सार्वजनिक गरिएको छ । पोखरा बजार नजिकै प्लास्टिकको बोरामा बेरेर शव फालेको अवस्थामा भेटिएकी अमरगढी नगरपालिका-७ की १४ वर्षीया आरती भट्टराईको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यापारीलाई आइतबार सार्वजनिक गरिएको हो।

पक्राउ पर्नेमा अमरगढी नगरपालिका-७ पोखरा बजारका ५८ वर्षीय टेकबहादुर भण्डारी रहेका छन् । उनी पोखरा बजारमा भण्डारी पुस्तक तथा स्टेशनरी पसल सञ्चालन गर्ने व्यापारी हुन् ।जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आइतबार पत्रकार सम्मेलन गर्दै भण्डारी सार्वजनिक गरेको हो । भण्डारीले किशोरीको हत्या गरेको स्वीकार गरेको डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठले बताए । उनका अनुसार भण्डारीले आफ्नै पसलको कोठामा भट्टराईको घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् ।

तर भण्डारीले किशोरीको हत्या के-कति कारणले गरे ? भन्ने कुरा खुलिसकेको छैन । भण्डारीले आवेशमा आएर भट्टराईको हत्या गरेको बयान दिएका छन् । प्रहरीले घटनास्थलबाट सबुत प्रमाण फेला पारेको बताउँदै त्यसबारे विस्तृत अनुसन्धान भइरहेको बताए ।

भण्डारीसँग पुरानो चिनजान भएकी भट्टराईलाई पसलमा कुराकानीकै क्रममा भण्डारीले हत्या गरेको देखिएको छ भने पछि उनले भण्डारीको शव व्यवस्थापन गर्ने उद्देश्यले प्लास्टिकको बोरामा हालेका थिए । शव व्यवस्थापन गर्न नसकेपछि पसलबाट भागेका उनी मदिरा सेवन गरेर फेरी राति घटनास्थलमा पुगेका थिए ।

शव व्यवस्थापन गर्ने क्रममा कुकुर भुकेपछि उनी मोटरसाइकलसहित नालीमा खसेका थिए भने शवलाई पसल नजिकै फालेर घरतर्फ हिँडेका थिए तर राति स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । किशोरीको शव परीक्षण रिर्पोट प्राप्त भएपछि धेरै कुरा खुल्ने विश्वास प्रहरीले गरेको छ ।

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्