Nic Ad Nic Ad
Nic Ad Nic Ad

फलफूलको मुल्य बढ्यो

आइतबार, असोज २७, २०८१

काठमाडौं- दसैँमा टीका थाप्न जाँदा कोसेली स्वरूप उपभोक्ताले फलफूल खरिद गर्ने भएकाले यतिखेर काठमाडौँमा फलफूलको भाउ बढेको छ ।

फलफूलका ठूला व्यापारी दसैँ मनाउनतिर लागेका कारण खुलेका पसलहरूमा केरा, स्याउ, सुन्तलालगायतका फलफूलको मूल्य आकासिएको हो । दसैँभन्दा अघिको तुलनामा यतिखेर फलफूलमा सय प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको उपभोक्ताको गुनासो छ ।

व्यापारी पनि आफूले महंगो दाममा खरिद गरेर ल्याएको बताउँछन् ।

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्