Nic Ad Nic Ad
Nic Ad Nic Ad

पेस्तोल र गोलीसहित रौतहटबाट एकजना पक्राउ

आइतबार, असोज २७, २०८१

काठमाडौँ- रौतहटमा पेस्तोल र गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

देवाही गोनाही नगरपालिका-६ कर्कचस्थित दुर्गा मेला लागेको स्थानबाट मेड इन यूएसए लेखिएको पेस्तोल १ थान, गोली ४ राउण्ड, म्यागजिन १ थान र सर्ट गनको गोली २ राउण्डसहित सोही ठाउँ बस्ने ५६ वर्षीय भोला राय यादवलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको टोलीले यादवलाई पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्