Nic Ad Nic Ad
Nic Ad Nic Ad

ललितपुर र दाङबाट २१ जुवाडे पक्राउ

आइतबार, असोज २७, २०८१

काठमाडौँ - ललितपुर र दाङबाट जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ परेका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका(४ शिखर टोल बस्ने ध्रुव रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका(४ केरू टोल बस्ने ३३ वर्षीय कबि नगरकोटी समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३८ हजार १ सय ४० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

यता दाङको दंगिशरण गाउँपालिका-३ रावतगाउँ बस्ने भागीराम चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय गणेश योगी समेत ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ हजार ६ सय ५० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । 

यसैगरी दाङकै तुलसीपुर उपमहानगरपालिका-७ गैरापातु बस्ने शिव बहादुर विकको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका(३ बस्ने ३३ वर्षीय टेक बहादुर बिक समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्