Nic Ad Nic Ad
Nic Ad Nic Ad

झापामा आज छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

आइतबार, असोज २७, २०८१

बनियानी (.झापा) - झापामा आज छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । कमल गाउँपालिकामा दुई जना तथा मेचीनगर नगरपालिकामा एक जनाको मृत्यु भएको हो । 

पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मेचीनगर-७ मा काँकरभिट्टातर्फ आउँदै गरेको प्रदेश नम्बर १-०१-०१७ प ७४४ नम्बरको मोटरसाइकलले सोही स्थानमा विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल यात्री मेचीनगर-७ का ५० वर्षीय विगेन राजवंशीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । 


उक्त दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर-६ का २० वर्षीय अभिषेक लिम्बू र मोटरसाइकलको पछाडि सवार सोही स्थानका २१ वर्षीय रमेश श्रेष्ठ घाइते भएका छन् । घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

यस्तै कमल-४ अमलडाँगीस्थित पूर्व-पश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ आउँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा शिवसताक्षी-८ का वर्ष ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही स्थानका २० वर्षीय सोमराज लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १८:४०
प्रतिक्रिया दिनुहोस्