Nic Ad Nic Ad
Nic Ad Nic Ad

विपद् उद्दारमा खटिएका सशस्त्र प्रहरी निरीक्षक बडुवालको निधन

सोमबार, असोज २८, २०८१

काठमाडौं- विपद् उद्दार र राहत वितरण कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको निधन भएको छ ।

असोज २८ गते बिहान नेपाल एपीएफ अस्पताल बलम्बुमा उनको निधन भएको हो ।

विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रेको पनौती नगरपालिका(५ आइटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन बेस स्थापना गरेको थियो । साउन ३ देखि उनी सोही बेसको कमान्डर थिए ।

पछिल्लो पटक असोज ११ देखिको झरीले काभ्रेको विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्धारका लागि उनको कमान्डमा टीम खटिएको थियो । सो बेसबाट काभ्रेको रोशी, भूमिडाँडा, बेथानचोक, नार्केबजार , मंगलटार , कालढुंगा , बाल्टिङलगायतका स्थानमा उनको कमान्ड परिचालित थियो ।

बडुवाललाई ज्वरो लगायतका समस्या देखिएपछि असोज २६ गते नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना गरि उपचार गरेकोमा आज २८ गते सोमबार बिहान उनको निधन भएको हो।

बर्दिया घर भएका बडुवाल २०६० सालमा असईबाट सेवा प्रवेश गरेका थिए ।

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्