Nic Ad Nic Ad
Nic Ad Nic Ad

हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

सोमबार, असोज २८, २०८१

कलैया (बारा) - बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको आज हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए । 

आज बिहान घाँस काट्न गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो । अबेर सम्म घाँस लिएर घर नफर्केपछि परिवारका सदस्य र गाउँले मिलेर जंगलमा खोज्न गएका थिए । 


खोज्ने क्रममा ठोकर मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।  मृतक ठोकरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ । केही दिन अगाडि कोल्हवी नगरपालिका–२ मै एउटा हात्ती मृत फेला परेको थियो । 

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्