जनतामा आशाको सन्देश छर्न कार्यकर्तालाई एमालेको निर्देशन
काठमाडौँ -नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतालाई आशाको सन्देश प्रवाह गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । जनताले नयाँ कुरा अपेक्षा राख्नु स्वाभाविक भएको भन्दै सरकारले अघि सारेका नयाँ कुरा जनतामा पुर्याउन उनले आग्रह गरेका छन् ।
गृह वडामा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले विकासमा राजनीतिक सहमति आवश्यक रहेको बताए
महासचिव पोखरेलले केपी शर्मा ओली नेतृत्व सरकारले विकासका माध्यमबाट जनताको जीवनस्तर उकास्ने, बदल्ने, पशुपालन, खेतीपातीमा नयाँपन, पूर्वाधार निर्माण, रोजगार बढाउन सिर्जना गर्ने काम अघि बढाएको बताए ।
फरक प्रसंगमा घोराही तुलसीपुर सडक खण्डमा रहेका खोलामा फोरलेनकै पुल निर्माण सुरु भएको र पोरलेन सडकको पुन ठेक्का प्रक्रिया अघि बढेको बताए ।
प्रकाशित मिति: सोमबार, असोज २८, २०८१ १९:०८
प्रतिक्रिया दिनुहोस्