Nic Ad Nic Ad
Nic Ad Nic Ad

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

सोमबार, असोज २८, २०८१

काठमाडौँ- १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। प्रहरीका अनुसार बारबर्दिया नगरपालिका-६ बस्ने २० वर्षीय सन्तराम थारू आइतबार साँझ पक्राउ परेका हुन्।

थारूले ती किशोरीलाई सोही नगरपालिका-१० गुमस्तास्थित धबारदेखि गुमस्ता गाउँ जाने बाटोमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  २०:१०
प्रतिक्रिया दिनुहोस्