Nic Ad Nic Ad
Nic Ad Nic Ad

एन्फाको लापरबाहीले ६ खेलाडीको ज्यान गयो, कमल थापाले मागे छानबिन समिति

मंगलबार, असोज २९, २०८१

काठमाडौैं - गएको असोज १२ गतेको अबिरल बर्षापछि आएको बाढीमा परी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा पुरिएर ६ किशोर खेलाडीको मृत्यु भयो ।

अखिल नेपाल फुटबल संघ(एन्फा)को गैरजिम्मेवारीले गर्दा ती खेलाडीको मृत्यु भएको भए पनि सरकारले छानबिन समिति गठनसम्म नगरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् ।

विगतमा आँधीबेहरीका कारण दशरथ रंगशालामा धेरैको ज्यान जाँदा आफूले एन्फा अध्यक्षबाट राजीनामा दिएको प्रसंग उल्लेख गर्दै थापाले लेखेका छन्–‘०४५ साल फागुनमा आँधीबेहरीका कारण दशरथ रंगशालामा भएको दुर्घटनामा धेरैको ज्यान गयो । कसैको दबाब थिएन, कसैले राजीनामा मागेको पनि थिएन । अन्तर्आत्माको आवाज सुनेर अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षबाट मैले तत्काल राजीनामा दिएँ ।

सरकारले छानबिन आयोग गठन र्गयो । अन्ततः राष्ट्रिय खेलकुद परिषद विघटन भयो, शिक्षा मन्त्री राजीनामा दिन बाध्य भए । यो राजाको शासन र पंचायतकालको कुरा थियो ।

गत २०८१ असोजमा एन्फा व्यवस्थापनको गलत निर्णय र कमजोरीको कारण पहिरोमा परेर ६ जना किशोरको दुस्खद निधन भयो । वर्तमान समयमा एन्फा नेतृत्वबाट राजीनामाको आशा वा अपेक्षा गर्दिनँ । कमसेकम सरकारले छानविन आयोग गठन गरोस् र पीडितलाई न्याय देओस् भन्ने माग गर्दछु । यसतर्फ प्रम केपी ओलीको ध्यान आकर्षित गर्दछु ।’

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्