Nic Ad Nic Ad
Nic Ad Nic Ad

अपेक्षा फलको छैन, सँधै कर्तव्य चिन्तनः कति बर्ष पुग्यो नेपाल प्रहरी?

मंगलबार, असोज २९, २०८१

काठमाडौं– ‘अपेक्षा फलको छैन, सधै कर्तव्य चिन्तन, आहुती प्राणको दिने तिमीमा अभिनन्दन’ नारासहित नेपाल प्रहरीले आफ्नो ६९औं स्थापना दिवस मनाइरहेको छ। 

प्रहरी दिवस असोजमा मनाउने गरिन्छ। यसैअनुसार प्रधान कार्यालय नक्साललगायतका अन्य कार्यालयमा विभिन्न कार्यक्रमसहित यो दिवस मनाउने क्रम जारी रहेको प्रहरी महानिरक्षक (आईजी) बसन्तबहादुर कुँवरले जानकारी दिएका छन्। 

शान्ति–सुरक्षा कार्यमा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्ने कार्य सन् १९१४ देखि शुरू भएको थियो। 

सोही बर्ष चन्द्र शमशेरले पहिलो पुलिस सवाल जारी गरी वीरगञ्जको शान्ति–सुरक्षा कायम गर्ने जिम्मा प्रहरीलाई सुम्पेका थिए।

अगष्ट १९१४ मा चन्द्र शमशेरले अङ्ग्रेज सरकारलाई ८००० फौज तत्कालै सहयोग पठाउन स्वीकार गरे। चन्द्र शमशेरकै शासनकालमा सन् १९२८ सम्ममा तराईका अन्य जिल्लाहरूमा पुलिस गोश्वरा, थाना तथा चौकीहरू स्थापना गर्न चन्द्र शमशेरले विभिन्न सवालहरू जारी गराए। 

सन् १९१९ (वि.सं. १९७६ पौष)को अन्त्यतिर चन्द्र शमशेरले काठमाडौँ उपत्यकाको शान्ति–सुरक्षाको व्यवस्था प्रहरीलाई सुम्पिने हेतू जिल्ला–पुलिस इन्स्पेक्टर सवाल जारी गरे। 

यस सवालले काठमाडौँ उपत्यकामा शान्ति–सुरक्षाका निमित्त एउटा सदर पुलिस गोश्वरा, ६ थाना र १७ चौकी खडा गरी सदर पुलिस गोश्वारा हनुमान ढोकामा स्थापना गरीयो भने ६ थानामध्ये चार थानाहरू क्षेत्रपाटी, असन, कालभैरव र जैसीदेवलमा तथा बाँकी २ थाना ललितपुर र भक्तपुरमा एक एक खडा गरिए। बाँकी चौकीहरू उपत्यकाको शहरी क्षेत्र वरिपरि स्थापना गरिए।

463395971_862805252648666_4267461868042201825_n-1728967208.jpg
 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्