Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

मंगलबार, असोज २९, २०८१

काठमाडाैं -दशैको बिदापछि आज सुनको मूल्य तोलामा १४ सयले बढेर छापावाल सुन तोलाको एक लाख ६० हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि असोज २३ गते छापावाल सुन प्रतितोला एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 
 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्