Nic Ad Nic Ad
Nic Ad Nic Ad

फेरि जङ्गिए धरानका उपमेयर बेघा: कावा मेयर लाई दिए कडा चेतावनी

मंगलबार, असोज २९, २०८१

धरान -धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले वडाअध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिने मेयर प्रमुख हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न निर्देशन जारी गरेका छन् ।

बेघाले प्रमुख साम्पाङले स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्थाविपरीत गैरकानूनी रुपमा वडाअध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएको भन्दै कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् ।

आफू बेलायत जाने भएपछि साम्पाङले २८ असोजदेखि फर्किएर नआउँदासम्मका लागि वडानम्बर–११ का अध्यक्ष लोकेन्द्रकुमार फागुलाई कार्यबाहकको जिम्मेवारी दिएपछि धरान उपमहानगरमा विवाद चुलिएको छ ।

बेघाले मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन आयोजना गरी मेयरको अनुपस्थितिमा उपमेयरले काम गर्ने स्पष्ट व्यवस्था भए पनि मेयर साम्पाङले गैरकानूनी रुपमा वडाअध्यक्षलाई कार्यभार दिएकाले मान्न नसकिने स्पष्ट गरे ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यबाहक दिइनु गैरकानुनी हुने भएकाले आफूले सबै वडाध्यक्ष, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत र सबै महाशाखा प्रमुखलाई साम्पाङको गैरकानूनी निर्णय नमान्न निर्देशन जारी गरेको बताए ।

कानून पालना गर्ने संस्थाले कानूनबाहिर गएर काम गर्न नहुने भन्दै सचेत गराएको बताए । आफू स्थानीय सरकार सञ्चालन ऐनअनुसार चल्ने बेघाले स्पष्ट गरे । कानूनले आफूलाई कार्यबाहक मेयर मान्ने दाबी उनले गरे ।

बेघाले कार्यबाहक मेयरका रुपमा काम गर्ने दुस्साहस नगर्न वडा नम्बर ११ का अध्यक्ष फागुलाई चेतावनी दिए ।

साम्पाङ मेयरको अनुपस्थितिमा उपमेयरलाई कार्यबाहहकको जिम्मेवारी दिनुपर्ने कानूनी व्यवस्थाको खिलाफ उभिएका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १९:३३
प्रतिक्रिया दिनुहोस्