Nic Ad Nic Ad
Nic Ad Nic Ad

लगभग ९ सय नेपाली सेना लेबनानको बंकरभित्र छन्, अवस्था के छ?

बुधबार, असोज ३०, २०८१

काठमाडौं– इजरायलले लगातार लेबनानमा हमला गरेपछि त्यहाँ रहेका विभिन्न देशका कामदारलगायत त्रासमा छन्। 

संयुक्त राष्ट्र संघ अन्तर्गत शान्ति सेनामा खटिएका विभिन्न देशका सैनिकसहित नेपाली सेनाका लगभग नौ सय जना लेबनानमा कार्यरत छन्। 

त्यहाँ खटिएका नेपाली सेना बंकरभित्र सुरक्षित रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। 

‘अवस्था अहिले सुरक्षित छ। त्यस्तो खास विग्रिएको छैन’, सैनिक उच्च स्रोतले भन्यो,‘बंकरभित्र बसेका छन्। सुरक्षित हिसाबले रहेको जानकारी प्राप्त छ।’
 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १०:११
प्रतिक्रिया दिनुहोस्