Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुन आयोगले अन्याय गरेका एसपी थापालाई प्रधान कार्यालयको न्यानो न्याय, डीएसपी भण्डारी पनि पुरस्कृत

बुधबार, असोज ३०, २०८१

काठमाडौं– सुन तस्करी पैठारी छानबिन आयोगले अन्यायपूर्वक नाम मुछेर विवादमा ल्याउने कोशिश गरे पनि नेपाल प्रहरीका उपरिक्षक (एसपी) संजयसिंह थापालाई प्रधान कार्यालयले न्याय गरेको छ। 

प्रहरी दिवसका अवसर पारेर थापालाई देशभरीकै उत्कृष्ट एसपी भनी सम्मान गरेको हो। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा रहेका बेला सुन तस्करीको छानबिनमा तेजश्वी काम गरेका थापालाई छानबिन आयोगले नाम मुछेर प्रतिवेदन तयार पारेको थियो। 

डिल्लीराज आचार्यको विवादीत आयोगले अन्याय गरे पनि प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) किरण बज्राचार्य, एसपी थापा र डीएसपीहरू दुर्गा दाहाल र रुगम कुँवरलाई न्याय मिलेको छ। 

यसैबीच, प्रहरी दिवसका अवसर पारेर इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरिक्षक (डीएसपी) धर्मराज भण्डारीलाई पनि उत्कृष्टताका आधारमा सम्मान गरिएको छ।
 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १०:३३
प्रतिक्रिया दिनुहोस्