हनि ट्रयाप प्रकरणमा इन्स्पेक्टर बिनु शाहीलाई पक्राउको तयारी, ‘पूर्जी जारी भइसक्यो’
काठमाडौं– ललितपुरको भैंसेपाटीमा भएको हनि ट्रयाप प्रकरणमा त्यस प्रभागमा इन्चार्ज रहेकी तर निलम्बनमा परेकी इन्स्पेक्टर बिनु शाहीलाई जिल्ल प्रहरी परिसर ललितपुरले पक्राउको तयारी गरेको छ।
छानबिन समितिमा बयान दिन नगएकी शाहीविरुद्ध दशैंअघि पक्राउ पूर्जी जारी भएको थियो। प्रहरी उच्च स्रोतका अनुसार आजभोली नै पक्राउ गरी अनुसन्धान गरिनेछ भने सोही प्रकरणमा मुद्दा चलाउन सकिनेछ।
यो प्रकरणमा एक जना सहायक हवलदारसहित ४ जना पक्राउ परेका छन्। ती सहायक हवल्दार भैँसेपाटी वृत्तमै कार्यरत थिए।
हनि ट्रयापको घटनामा बलात्कारको कसुर लगाएर फसाइदिने भन्दै इन्स्पेक्टर शाहीले पीडित भनिएका व्यक्तिसँग ३० लाख रुपैयाँमा डिल गरेको आरोप लागेको छ। पीडितले नै प्रहरीलाई भनेपछि घटनाबाहिर आएको थियो।
यस प्रकरणमा संलग्न युवतीसहित ३ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखिएको छ। यस प्रकरणमा उच्च तहका प्रहरी अधिकारी पनि तानिने आँकलन र अनुमान गरिएको छ।