Nic Ad Nic Ad
Nic Ad Nic Ad

सदनको हिउँदे अधिवेशनमा प्रहरीसम्बन्धी ऐन पारित गरिने, हट्दैछ ३० बर्षे सेवाअवधि

बुधबार, असोज ३०, २०८१

काठमाडौं– नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी ऐन प्रतिनिधि सभाको हिउँदे अधिवेशनमा प्रवेश गराउँदै पारित गरिने भएको छ। 
गृहमन्त्री रमेश लेखकले यस्तो जानकारी दिएका हुन्। 

६९ औं प्रहरी दिवसका अवसरमा गृहमन्त्री लेखकले प्रधान कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा सम्बोधन गर्दै भने,‘प्रहरीसम्बन्धी ऐन अबको सदनको अधिवेशनमा पारित हुनेछ।’

लामो समयदेखि प्रहरीमा ऐंठन बनिरहेको ३० बर्षे सेवाअवधिको विषयसहित विभिन्न पाटोमा ऐन परिवर्तन हुनेछ। सदनको अधिवेशनमा माघभित्र पारित भएर कार्यान्वयनमा गए अहिलेका एआईजीहरूसहित आईजीको पदावधि पनि बढ्नेछ।
 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्