Nic Ad Nic Ad
Nic Ad Nic Ad

विवादमा तानिएपछि एमालेको उत्तर– मिनबहादुरले स्वेच्छाले दान दिएको जग्गा हो

बुधबार, असोज ३०, २०८१

काठमाडौं– किर्तिपुरमा मुख्यालय निर्माणका शिलान्यास भएपछि भाटभटेनीका सञ्चालक व्यवसायी मिनबहादुर गुरुङले दान गरेको १० रोपनी १४ आना जग्गाका विषयमा आलोचनामा एमालेले उत्तर फर्काएको छ। 

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमालेको केन्द्रीय कार्यालय भवन निर्माणको विषयलाई लिएर पार्टी भित्र र बाहिर अनेक खालका भ्रम, अफवाह फैलाउने, गलत सूचना प्रवाह गरी मिडियालाई दुरुपयोग गरी पार्टी, पार्टी नेतृत्वविरुद्ध विष वमन गर्ने काम भइरहेको टिप्पणी गरे।

उनले भने,‘मिनबहादुरले स्वेच्छाले दिएको जग्गा लिने निर्णय पार्टी सचिवालयको हो। यसमा कुनै टिप्पणी र आलोचना गर्न आवश्यक छैन।’
 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्