Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुन्तलामा रोग लागेपछि किसान चिन्तित

बुधबार, असोज ३०, २०८१


तनहुँ– देवघाट गाउँपालिका–३ का विभिन्न स्थानमा सुन्तलाको बगैँचामा लटरम्म फल लागेका छन् तर तिनमा रोग लागेकाले किसान चिन्तित छन् । उनीहरूको आम्दानीको मुख्य स्रोत नै सुन्तला हो ।

सुन्तलाको बगैँचा लगाएका भीमबहादुर थापाले जरा कुहिने र बोक्रा सुक्दै जाने तथा बेमौसममा पहेँलो भएर झर्ने रोग लागेको बताए । रोगको अनुसन्धान गरी निदान पहिल्याउन स्थानीय सरकारले सघाउनुपर्ने उनको माग छ ।

बगैँचामा लटरम्म सुन्तला फलेको तर रोगव्याध लागेकाले गर्जो टार्ने चिन्ताले भरतसिंह मगरलाई पनि सताएको छ । सुन्तला बेचेर घरखर्च टार्ने र घरव्यवहार मिलाउने आफ्ना योजना भताभुङ्ग भएको उनको दुखेसो छ ।

तनहुँको लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगरामा उत्पादित सुन्तला स्थानीय तहमा मात्र नभई काठमाडौं उपत्यकामा पनि खपत हुने गरेको छ ।

गत वर्ष लुङग्रिङ गाउँबाट तीन करोडभन्दा बढीको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्