Nic Ad Nic Ad
Nic Ad Nic Ad

विपदमा काभ्रेमा खटिएकी एसपी बसुन्धरालाई पुरस्कार

बुधबार, असोज ३०, २०८१

काठमाडौं– बाढी पहिरोका बेला काभ्रेमा खटिएकी नेपाल प्रहरी उपरिक्षक (एसपी) बसुन्धरा खड्कालाई पुरस्कृत गरिएको छ।

बागमती प्रदेश प्रहरी कार्यालयले उनलाई विपद व्यवस्थापनमा उत्कृष्ट काम गरेको भनी सम्मानसहित पुरस्कृत गरेको हो। 

६९ औं प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय हेटौंडामा आयोजित कार्यक्रममा बागमती सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले पुरस्कार प्रदान गरेका थिए। 

खड्का जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख पनि हुन्। बाढी पहिरोका कारण काभ्रेमा अलपत्र परेका सर्वसाधारणको उद्धारका निम्ति उनको सक्रियताले चर्चा पाएको थियो। 463080646_2676641312541546_6293538918685384206_n-1729061566.jpg
 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्