Nic Ad Nic Ad
Nic Ad Nic Ad

दिन दहाडै काठमाडौंमा कुटपिट गरी एक व्यक्तिको हत्या, अभियोग लागेका तीन जना पक्राउ

बुधबार, असोज ३०, २०८१

काठमाडौं– दिन दहाडै कुटपिटपछि एक व्यक्तिको हत्या गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ। 

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, नयाँ बस्तीमा मंगलबार एक व्यक्तिको कुटपिट गरेर हत्या गरेको आरोपमा पाँचथर स्थायी घर भएर कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक स्थायी घर भइ कपन बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भइ नयाँ बस्ती बस्ने २७ वर्षीया विमला भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

मंगलबार अपराह्न ३ः२० बजेतिर नयाँ बस्तीस्थित लस लाइट स्कुल नजिकै सार्वजनिक स्थानमा सुर्खेत घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका–९ बस्दै आएका अचेत फेला परेका ४३ वार्षीय होमबहादुर फौजामगरको उपचारका क्रममा मृत्यु भएको थियो। 

नारायणटारस्थित शंखरापुर अस्पतालमा मगरको उपचारका क्रममा मृत्यु भएको थियो। जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त, बौद्धबाट खटिएको टोलीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखे पनि हत्याको कारण खुलीसकेको छैन।
 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १२:५१
प्रतिक्रिया दिनुहोस्