Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्थानीय तहको उपनिर्वाचनका लागि आयोगले माग्यो १० करोड

बुधबार, असोज ३०, २०८१

काठमाडौं– स्थानीय तहको उपचुनावका लागि निर्वाचन आयोगले सरकारसँग १० करोड रुपैंया खर्च माग गरेको छ।

सरकारसँग विभिन्न वडादेखि स्थानीय तहका प्रमुख र उपप्रमुखलगायतको उपचुनावका निम्ति रकम माग गरिए पनि हालसम्म प्राप्त भई नसकेको आयोगले जनाएको छ। 

२५ वटा दल स्थानीय तह निर्वाचनमा सहभागी हुन दर्ता भएका छन्। उपचुनाव आगामी मंसिर १६ गतेका लागि तोकिएको छ।
 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्