Nic Ad Nic Ad
Nic Ad Nic Ad

न्यायाधीशमा सिफारिस निरौलाविरुद्ध सुनुवाइ समितिमा दुई उजुरी

बुधबार, असोज ३०, २०८१

काठमाडौं - सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौलाविरुद्ध दुईवटा उजुरी परेको छ ।

संसदीय सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार निर्धारित समयमा दुईवटा उजुरी परेको हो । सुनुवाइ समितिले यही असोज १५ गते सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्धय निरौला र नित्यानन्द पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो । निर्धारित समयमा निरौलाविरुद्ध मात्रै उजुरी परेको हो ।

एउटा उजुरी इमेलमार्फत र एउटा उजुरी भौत्तिक रुपमा उपस्थित भएर दिइएको छ । स्रोतका अनुसार निरौलाविरुद्ध सर्वोच्च अदालतको भवन निर्माणसँग सम्बन्धित एउटा उजुरी छ । अर्को उजुरी नियुक्ति प्रक्रियासँग सम्बन्धित छ ।स्रोतका अनुसार सिफारिस भएका दुवै न्यायाधीशको सुनुवाइ तिहार पहिले नै हुनेछ ।

न्याय परिषद्को असोज ११ को बैठकले निरौला र पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १३:३३
प्रतिक्रिया दिनुहोस्