Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकाको भिसा पाउनेमा सन्दीप लामिछानेलाई आशंका, क्यान भने विश्वस्त छ

बुधबार, असोज ३०, २०८१

काठमाडौं– शुक्रबारबाट अमेरिकामा सुरु हुने टी–२० लिग सिरिजका लागि अमेरिका जान पाउनेमा बलर सन्दीप लामिछाने सशंकित बनेका छन्। 

उनले सामाजिक सञ्जालमा सांकेतिक रुपमा ‘सर्कुमस्टान्सेस बियोन्ड कन्ट्रोल’ अर्थात् परिस्थिति नियन्त्रण बाहिर रहेको भनी लेखेका छन्। sandeep-1729067686.jpg

नेपालले टी–२० सिरिजपछि एक दिवसीय खेल पनि खेल्नेछ। अन्य खेलाडी क्यानडा हुँदै अमेरिका पुगिसकेका छन् भने सन्दीप नेपाल फर्किएका थिए। 

उनलाई अमेरिकाले भिसा दिएको छैन। तर नेपाल क्रिकेट संघ (क्यान) का अधिकारी भने भिसा पाउनेमा आश्वस्त छन्। खेल्नका लागि सन्दीप अमेरिका पुग्ने अधिकारीहरूको दाबी छ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्