उमर अब्दुल्ला बने जम्मू कश्मीरको मुख्यमन्त्री
काठमाडौँ - नेशनल कन्फ्रेन्स पार्टी (एनसीपी) का नेता उमर अब्दुल्ला जम्मू कश्मीरको मुख्यमन्त्री बनेका छन् । उनले बुधबार मुख्यमन्त्रीको शपथ लिएका हुन् ।
हालै सम्पन्न विधान सभा निर्वाचनमा एनसीपी-कांग्रेस गठबन्धनले बहुमत पाएको थियो । ९० सदस्यीय विधान सभामा एनसीपीको एक्लैले ४२ सिट जितेको छ भने गठबन्धनको अर्को दल काँग्रेसले ६ सिट जितेको छ । कम्युनिस्ट पार्टी अफ इण्डिया, आम आदमी पार्टीका साथै स्वतन्त्र सांसदहरूको समेत अब्दुल्लालाई समर्थन छ ।
प्रहरीले मोरङको विराटनगर उपमहानगरपालिका-१७ घर भई हाल कुपण्डोल बस्ने ४० वर्षीय निरज विष्टलाई पक्राउ गरेको छ । निजका साथबाट बा३च ९४४ नम्बरको कारसमेत बरामद गरिएको प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
यही असोज २६ गते साँझ काठमाडौँ महानगरपालिका-३२ तीनकुने गैरीगाउँ सडकमा सवारी दुर्घटना गरी सर्लाहीको कविलासी नगरपालिका-२ स्थायी घर भएका ५२ वर्षीय विनय रामलाई घाइते पारी सोही सवारी चालकले काठमाडौँ मेडिकल कलेज पुर्याई फरार भएका प्रहरीले जनाएको छ । निजको उपचारका क्रममा यही असोज २७ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।