Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाबुको हातको टिको लगाउन दाङ पुगेका अनिलको दाजु पूर्णले गरे हत्या!

बुधबार, असोज ३०, २०८१

तुलसीपुर– अंशवन्डाको विवादका क्रममा दाजु पूर्ण तामाङले भाई अनिलको हत्या गरेको दाबी गरिएको छ।

बाबुसँग टीका थाप्न भक्तपुरको चाँगुनारायण नगरपालिका– ६ का २८ वर्षीय अनिल दाङको बबई– ४ हापुरे पुगेका थिए। उनका बाबु सोमार तामाङ त्यहाँ होटेल व्यावसाय गर्छन्। 

अनिलका दाइ ३१ वर्षीय पूर्ण तामाङसँग उनको अंशबन्डामा कुरा मिलेको थिएन। दाङमा अनिल पुगेपछि पुनः दाजुभाइबीच उक्त विषयमा विवाद भएको प्रहरीले जनाएको छ।

विवादकै क्रममा पूर्णले अनिलको पेटमा पटकपटक चक्कु प्रहार गरी घाइते बनाएर पूर्णले अनिलले आफ्नो पेटमा आफैं चक्कु रोपेको हल्ला चलाएको अनुसन्धानमा खुलेको छ। अनिलको उपचारको क्रममा मृत्यु भयो।
 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्