Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेले जग्गा लिएका मिनबहादुरसँग ओली र प्रचण्ड सरकारले नै दुई करोड लिइसकेको छ

बुधबार, असोज ३०, २०८१

काठमाडौं– व्यावसायी भए पनि विवादमा आएका भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङसँग एमालेले मुख्यालय निर्माणका लागि दान लिएको जग्गाको विषय अहिले प्रतिवादको विषय बनिरहेको छ। 

सत्तामा सहकार्य गरेका कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य नैनसिंह महरलगायतले पनि आलोचना गरेका छन्। यहाँसम्मकी जग्गा फिर्ता गरोस् भन्ने अभिव्यक्ति समेत दिइएको छ। 

माओवादीलगायतका अन्य दलका नेता कार्यकर्ताले पनि एमालेले मुख्यालयको शिलान्यास गरिसकेको विषयलाई गलत हिसाबले लिइएको भनी टिप्पणी गरेका छन्। 

तर उनै मिनबहादुरसँग सरकारले हालसालै मात्र दुई करोडसम्म रकम लिएको छ। बाढी पहिरो प्रभावितका लागि प्रधानमन्त्री कोषमा मिनबहादुरले केपी ओली सरकारलाई केही दिन अघि मात्र एक करोड भन्दा बढी रकम हस्तान्तरण गरेका थिए। 

यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि उनै मिनबहादुरसँग भूकम्पपीडितका लागि भनेर एक करोड बढी रकम सरकारले लिएको थियो। 

बालुवाटारको ललिता निवासको जग्गा खरिद गरेको प्रकरणमा मिनबहादुर गुरुङ पक्राउ परी छुटेका थिए। यसपछि उनी विवाद र चर्चाको पात्र बनिरहेका छन्।
 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्