Nic Ad Nic Ad
Nic Ad Nic Ad

१९९९ मा उद्घाटित गौशाला धर्मशालाबारे बालेनलाई आयो यस्तो पत्र

बुधबार, असोज ३०, २०८१

काठमाडौं– गौशालास्थित पशुपतिनाथ मन्दीरको धर्मशालाको विवाद अहिले चर्किरहेको छ। पशुपति विकास कोषले मारवाडी सेवा समितिबाट स्वामित्वमा लिने निर्णय गरेपछि यसको सञ्चालनको जिम्मा काठमाडौं महानगरपालिकाले पाएको थियो। 

यसपछि मेयर बालेन शाहले नगर प्रहरीलाई गौशाला धर्मशालामा खटाएपछि मारवाडी सेवा समिति आवद्धहरुले विवाद खडा गरेका छन्। यसमा संघीय सरकारले हस्तक्षेप पनि गरेको छ। 

यता पर्यटनमन्त्री बद्री पाण्डेसहितको कोषको बैठकले गरेको निर्णय कार्यान्वयनका क्रममा विवादका क्रममा नयाँ तथ्यसहित मेयर बालेनलाई प्रकृति अधिकारीले यस्तो पत्र पठाएका छन्।

प्रिय बालेन! १९९९ सालमा पशुपतिको गौशाला उद्घाटन भएको थियो। त्यहाँ कसैलाई पनि धर्मशाला बनाउने र भाडा दिने उद्देश्य थिएन। बीचमा आँखा गाड्नेहरुले कमाउको साधन बनाए। 

धन्धा बनाए । त्यहाँ धर्मशाला निःशुल्कमा व्यवस्था गर्नुहोला। एक व्यक्तिलाई बढीमा दुई वा तीन दिनसम्म मात्र धर्मशालामा बस्न पाउने व्यवस्था गर्नुहोला।

गाईपालन कामपा र कोषले गर्नुपर्छ। पशुपतिनाथको आम्दानी अथाह छ। त्यसबाट गाई पालिनुपर्यो। व्यापारीलाई प्रवेश गर्न नदिनू, सारा हिन्दूको माग यही हो। जय पशुपतिनाथ।gp1-1729072228.jpg
gp2-1729072228.jpg
gp3-1729072229.jpg

 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्