Nic Ad Nic Ad
Nic Ad Nic Ad

धर्मशाला खाली गराउन गएका महानगरका दुईवटा डोजर प्रहरीले नियन्त्रणमा लियो 

बुधबार, असोज ३०, २०८१

काठमाडौं - काठमाडौंको गौशाला धर्मशाला खाली गराउन गएका काठमाडौं महानगरपालिकाका दुईवटा डोजर प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंका मेयर बालेन शाहको सचिवालय स्रोतले दिएको जानकारीअनुसार खाली गराउन पुगेका दुईवटा डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका डोजर गौशाला प्रहरी कार्यालयमा राखिएको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्