Nic Ad Nic Ad
Nic Ad Nic Ad

२४ कात्तिकदेखि भैरहवामा जजिरा साताको तीन दिन नियमित उड्ने

बुधबार, असोज ३०, २०८१

काठमाडौँ- जजिरा एयरवेजले कुवेतबाट भैरहवा सिधा उडानका लागि टिकट खुला गरेको जनाएको छ ।

२४ कात्तिक (९ नोभेम्बर) देखि साताको तीन उडान गर्ने योजना बनाएको कम्पनीले त्यसका लागि टिकट खुला भएको जनाएको छ ।

कम्पनीका अनुसार कुवेतबाट जजिराले मंगलबार, बिहीबार र शनिबार उडान गर्ने भएको छ । जजिराले भैरहवामा यसअघि पनि नियमित उडान गरिसकेको छ ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १९:५९
प्रतिक्रिया दिनुहोस्