Nic Ad Nic Ad
Nic Ad Nic Ad

मेयर बालेनको कविता हिन्दु राष्ट्र संविधानमा हैन स्वाभिमानमा चाहिन्छ

बुधबार, असोज ३०, २०८१

काठमाडौ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बताएका छन् । मेयर शाहले बुधवार सामाजिक सञ्जाल फेसबुकमा कवितामार्फत भनेका छन्– ‘मलाई बुद्ध बोलीमा हैन, ज्ञानमा चाहिन्छ । हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ ।’

उनले आफ्नो ठाउँ नै नरहेपछि गाउँ मासेर बनेको सहरको काम नभएको बताउँदै आफ्नो भाउ नै नभए पनि नाउँ बेचेर बनेको रहरको पनि काम नहुने बताएका छन् ।

यस्तो छ मेयर शाहको कविता– 

गाउँ मासेर बनेको शहरको के काम ?

आफ्नो ठाउँ नै नरहे पछि,

नाउँ बेचेर बनेको रहरको के काम ?

आफ्नो भाउ नै नभए पछि,

मलाई बुद्ध बोलीमा हैन,

ज्ञानमा चाहिन्छ ।

हिन्दु राष्ट्र संविधानमा हैन,

स्वाभिमानमा चाहिन्छ ।

 

 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  २०:१७
प्रतिक्रिया दिनुहोस्