Nic Ad Nic Ad
Nic Ad Nic Ad

भोलिदेखि रास्वपाको जिल्ला भेला

बुधबार, असोज ३०, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबारबाट जिल्ला भेला सुरु गर्ने भएको छ । बुधबार बसेको सचिवालय बैठकले सुर्खेतबाट जिल्ला भेला सुरु गर्ने निर्णय गरेको हो।

सुर्खेतको भेलाका पार्टी केन्द्रबाट प्रमुख सचेतक सन्तोष परियारलाई तोकिएको छ। ‘भोलि सुर्खेतमा जिल्ला भेला हुँदैछ । त्यसपछि कहाँ कहिले गर्ने तालिका बनाउँदै छौँ,’ सह प्रवक्ता प्रतिभा रावलले भनिन्।


सचिवालयको बैठकमा मेची महाकाली यात्राका बारेमा पनि छलफल भएको रावलले जानकारी गराइएन । १ र २ असोजमा भएको राष्ट्रिय भेलाले पार्टी सभापति रवि लामिछानेले देशव्यापी यात्राको लागि राखेको प्रस्तावलाई पारित गरेको थियो । यात्राका लागि मिति भने तय भइसकेको छैन ।

‘जतिसक्दो छिटो यात्रा गर्ने तयारी गरेका छौँ । मिति भने तय भइसकेको छैन,’ रावलले भनिन् । जिल्ला भेलाले असोजभित्र तदर्थ समिति बनाउने निर्णय राष्ट्रिय भेलाले निर्णय लिएको थियो । तर, जिल्ला भेला सुरु हुन असोजमा सकेन।

एक महिनाभित्र सबै जिल्ला भेला सक्ने रास्वपाले तयारी गरेको छ । रास्वपाले २०८२* को अन्तिम साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने मिति तय गरेको छ । त्यस अनुसारको कार्यतालिका कार्यवाहक महामन्त्री बुर्लाकोटीले राष्ट्रिय भेलामा प्रस्तुत गरेका थिए ।

बुर्लाकोटीको प्रस्तावलाई राष्ट्रिय भेलाले पारित गरेको थियो। वडा तदर्थ समिति गठन यही वर्षको माघभित्र सक्ने रास्वपाको लक्ष्य छ । वडा अधिवेशन फागुनसम्म सक्ने रास्वपाको तयारी छ।

पालिका अधिवेशन कात्तिकबाट सुरु गरेर पाँच महिनाभित्र (फागुनसम्म) सक्ने , जिल्ला अधिवेशन चैतभित्र गर्ने, प्रदेश र केन्द्रको महाधिवेशन २०८२ वैशाखमा गर्ने गरी रास्वपाले निर्णय लिएको छ ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  २१:३८
प्रतिक्रिया दिनुहोस्