Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज पाँच प्रदेशका पहाडी भागका केही स्थानमा वर्षा हुने

बिहीबार, कात्तिक १, २०८१

काठमाडौँ - हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रहेको बताएको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा आंशिक बदली हुने छ । गण्डकी, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।


त्यसैगरी आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भेगमा मौसम  सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना  छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  ०६:२५
प्रतिक्रिया दिनुहोस्