Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओलीको दाबीले दिने सन्देशको अर्थ

बिहीबार, कात्तिक १, २०८१

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिअनुसार ०८३ को जेठमा सरकारको नेतृत्व छाड्ने दाबी गर्दै आफू दुई तिहाईको आसपासमा रहेको घुर्कीपूर्ण जानकारी दिएका छन्।

प्रहरी दिवसको अवसरमा प्रधान कार्यालय नक्सालमा सम्बोधनका क्रममा ओलीको यो दाबीको अर्थ कसैले पनि हल्लाउन नसक्ने रहेको हुन्छ। तर, आफैं सशंकित पारामा उनले भनेका थिए,‘दशैंपछि सरकार परिवर्तन हुन्छ भन्ने हल्ला चलाइयो, कुन दशैं? दशैं चाहिन्न लगभग १९ महिनापछि शेरबहादुर देउवाजीलाई सरकारको चाबी दिने हो।’

उनले यति मात्र भनेनन् बरु व्यंग्यात्मक रुपमा टिप्पणी गर्दै भने,‘हो, सरकार परिवर्तन हुन्छ। शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गरेपछि कांग्रेस नेतृत्वमा सरकार बन्छ।’

एमाले र ओलीको आलोचना बढिरहेका बेला उनको यस्तो दाबी र टिप्पणीले कांग्रेससँगको गठबन्धन अथवा गठजोड लामो समयसम्म जाने भन्ने अर्थ लाग्छ। तर, भूराजनीतिक परिवेशले पनि नेपालको राजनीतिक समीकरण परिवर्तन हुने थिति रहेका कारण अहिले केही पनि भन्न सक्ने अवस्था नहुने राजनीतिक टिप्पणीकारहरु बताउँछन्।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  ०६:५२
प्रतिक्रिया दिनुहोस्