Nic Ad Nic Ad
Nic Ad Nic Ad

गौशाला धर्मशालाः सम्झौता भङ्ग गर्दा पूर्वपर्यटनमन्त्री किराँतीलाई धम्की थियो– राजनीतिक इन्स्युरेन्स छ?

बिहीबार, कात्तिक १, २०८१

काठमाडौं– राज्यले गरेको निर्णयको प्रतिरोध गरिरहेका मारवाडी सेवा समितिका अधिकारीले गौशाला धर्मशाला सञ्चालनको सम्झौता भङ्ग गर्दा पूर्वपर्यटनमन्त्री सुदन किराँतीलाई ‘राजनीतिक इन्स्युरेन्स छ?’भनेर धम्की दिएको खुलेको छ। 

यो अरु कसैले नभई पूर्वपर्यटनमन्त्री किराँतीले सामाजिक सञ्जालमार्फत सांकेतिक रुपमा खुलाएका हुन्। 

उनले लेखेका छन्,‘अदालतको फैसलासंगै दुःखले आर्जेको गौशाला धर्मशाला जोगाउन सम्बन्धित पक्षले फूकि फूकि पाईला चाल्नु पर्यो। अन्यथा  यो विषय गहिरो छ। मैले  सम्झौता भङ्ग गर्दा मलाई तिम्रो राजनैतिक इन्सोरेन्स छ कि छैन? भन्नेसम्मको धम्की खेप्नु परेको थियो। जय पशुपतिनाथ!’

पर्यटनमन्त्री बद्री पाण्डेको अध्यक्षतामा बसेको पशुपति विकास कोषको बैठकले धर्मशालाको जिम्मेवारी आफैं लिने निर्णय गरेको थियो। सो निर्णय बमोजिम पदेन सदस्य रहेको काठमाडौं महानगरपालिकालाई सञ्चालन गर्न दिने निर्णय पनि भएको थियो। 

तर मारवाडी सेवा समाजका पदाधिकारीले संघीय सरकारलाई दबाब दिएर सरकारी निर्णय नै नमान्ने गैरकानुनी बाटो रोजेका मात्र छैनन् धर्मशाला खाली गराउन गएको महानगरका दुई वटा डोजरलाई नेपाल प्रहरी लगाएर नियन्त्रणमा राख्न लगाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदका अध्यक्ष केपी शर्मा ओली समेत यस विषयमा मौन छन्। गृहमन्त्री रमेश लेखक बोलेका छैनन् भने निर्णयकर्ता पर्यटनमन्त्री पाण्डे पनि दबाबमा रहेको बुझिएको छ। 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  ०७:४९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार