Nic Ad Nic Ad
Nic Ad Nic Ad

मारवाडीको दबाबले पर्यटन मन्त्रालय थलियोः धर्मशाला सम्झौताका विषयमा फेरि बैठक डाक्यो

बिहीबार, कात्तिक १, २०८१

काठमाडौं– मारवाडी सेवा समितिको दबाबले पर्यटन मन्त्रालय थला परेको प्रमाण सार्वजनिक भएको छ। पशुपतिनाथको गौशाला धर्मशालाका विषयमा

यसअघि गरेको निर्णयलाई खारेज गर्ने उद्देश्यसाथ आगामी आइतबारका लागि पशुपति विकास कोषको बैठक डाकेको छ।

यो पत्र हेर्नुहोस् 462537116_1186961309076899_6468953614061226346_n-1729131537.jpg
पर्यटनमन्त्री बद्री पाण्डेको अध्यक्षतामा बसेको पशुपति विकास कोषको बैठकले धर्मशालाको जिम्मेवारी आफैं लिने निर्णय गरेको थियो। सो निर्णय बमोजिम पदेन सदस्य रहेको काठमाडौं महानगरपालिकालाई सञ्चालन गर्न दिने निर्णय पनि भएको थियो।

यसैबीच उक्त धर्मशाला सञ्चालनका विषयमा ठूलो राजनीतिक दबाब हुने गरेको यसअघिका पर्यटनमन्त्री सुदन किराँतीले सार्वजनिक गरिसकेका छन्। उनको भनाई जस्तै गरी मन्त्री पाण्डे गलेको हिसाबमा नयाँ पत्र सार्वजनिक भएको हो। 

राज्यले गरेको निर्णय नै खारेज गराउनेसम्मको हर्कत अहिले गौशाला धर्मशालाका सन्दर्भमा हुन थालेको छ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्