Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपति पौडेल सुर्खेतबाट बाजुरा जाँदै, बडीमालिका मन्दिरको दर्शन गर्ने

बिहीबार, कात्तिक १, २०८१

सुर्खेत- राष्ट्रपति रामचन्द्र पौडेलले आज बाजुरामा रहेको बडीमालिका मन्दिरमा दर्शन गर्ने भएका छन् ।

हिजो अपराह्न सुर्खेत पुगेका राष्ट्रपति पौडेल आज बडीमालिका मन्दिरमा दर्शनका लागि जाने कार्यक्रम रहेको छ ।


राष्ट्रपति पौडेलले आजै बाजुरास्थित नाट्श्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रिपति कार्यालयले जनाएको छ ।

भ्रमण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेसमेत छन् ।


हिजो सुर्खेत पुगेका राष्ट्रपति पौडेललाई कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले स्वागत गरेका थिए।

प्रदेश प्रमुख र मुख्यमन्त्रीसँगको स्वागत भेटपछि राष्ट्रपति पौडेलले सुर्खेतमा शुभेच्छुकसँग भेटघाट गरेका थिए । राष्ट्रपति पौडेल आजै काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  ०८:५६
प्रतिक्रिया दिनुहोस्