Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? 

बिहीबार, कात्तिक १, २०८१

काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाल सुन तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार सुनको मूल्य तोलामा १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको थियो । 


यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्