Nic Ad Nic Ad
Nic Ad Nic Ad

१५ हजार भारुमा पत्नी बेचेका थिए, २४ बर्षपछि पक्राउ गरियो विष्टलाई

बिहीबार, कात्तिक १, २०८१

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले २४ बर्षअघि पत्नीलाई १५ हजार भारुमा बेचेको आरोपमा भक्तबहादुर विष्टलाई पक्राउ गरेको छ। 

चौकुने गाउँपालिका–७, का ६१ वर्षीय विष्ट मानव बेचबिखन मुद्दाका फरार अभियुक्तको सूचीमा रहेका थिए। 

घरमै लुकिछिपी बसेका उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

विष्टविरूद्ध २०५७ साल मंसिर १३ गते पत्नी नामसरादेवी कँडेललाई भारतमा बेचेको जाहेरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएको थियो।

१ असोज २०५७ मा ३५ वर्षीय भक्तबहादुरले सोही ठाउँकी २१ वर्षीया नामसरादेवी कँडेललाई विवाह गरेर भारतको गोरखपुर लगेका थिए। 

७ मंसिर २०५७ मा नामसरादेवीलाई आफूले किनेको भन्दै एक जना व्यक्ति लिन आए। उनी जान नमानेपछि भक्तबहादुरले मार्ने धम्की दिए।

उनलाई भारतीय प्रहरीले उद्दार गरी नेपाल पठाएको विवरण जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको छ। नामसराले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन्। 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्