नेभिगेशन
राजनीति

मुकुल ढकाललाई स्पष्टीकरण सोधेका न्यौपानेको रास्वपा अनुशासन आयोगको उपप्रमुखबाट राजीनामा 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगको उपप्रमुख रहेका कानुनकर्मी यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन्। 

दशैंअघि दिएको राजीनामा स्वीकृत भएको छ। उनी अनुशासन आयोगको उपप्रमुख रहँदा तत्कालिन महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेका थिए। 

पार्टीबाट राजीनामा दिए नदिएको बारेमा केही खुलेको छैन। तर रास्वपाका पदाधिकारीले भने सक्रिय राजनीतिमा आउनका लागि न्यौपानेले अनुशासन आयोगबाट मात्र राजीनामा बुझाएको दाबी गरेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति